काठमाडौँ, १८ वैशाख । नेपाल पत्रकार महासघंका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत तथा भौतिक सुरक्षाप्रति कसैसँग पनि सम्झौता नहुने बताउनुभएको छ । श्रमिक दिवसका अवसरमा काठमाडौँमा महासघंले आयोजना गरेको कार्यक्रममा अध्यक्ष आचार्यले सरकारले बनाएका कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति अंकुश लगाउने खतरा बढेको बताउनुभएको छ । उहाँले लोकतन्त्रको आधारभुत मान्यतालाई कसैले हस्तक्षप गरेमा चुप…