ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक घाइते

नवलपरासी, ९ वैशाख । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गएराति भएको दुर्घटनामा परि मृत्यु हुनेमा पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादव रहेका छन् । यूपी ६५ बीपी ३९११ नम्बरको भारतीय ट्रकमा पछाडिबाट लु७प१३१२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा…