काठमाडौँ, ८ माघ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा हालसम्म रु दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार ९४३ बराबरको प्रतिवद्धता प्राप्त भएको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार दैनिकजसो नै लगानी प्रतिवद्धता गर्नेको सङ्ख्या बढ्दै गएको छ । संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लगानी…