धादिङ, १६ चैत । धादिङबाट ६ सय ५२ केजी चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गजुरी गाउँपालिका–७ किराञ्चोक पेटारेबाट लागू औषध नियन्त्रण ब्यूरो काठमाडौंले भण्डारण गरि राखिएको लागूऔषध चरेस बरामद गरेको हो । कच्चा पदार्थ गाँजालाई चरेस बनाउने उपकरण जडान गरिएको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँ र गजुरी प्रहरीको सहयोगमा…