काठमाण्डौ, २१ माघ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग रकम जुटाउन धुर्मुस सुन्तली मलेसिया प्रस्थान गरेका छन । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिसकेका छन् । सहयोग रकम संकलनका निम्ति मलेसियामा धुर्मुस सुन्तली साँझको आयोजना गरिएको छ । साथै मलेसियाका विभिन्न शहरहरुमा कार्यक्रमको आयोजना गर्ने तयारी रहेको सिताराम कट्टेल (धुर्मुस)ले बताए । उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी,…