बस र मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

भक्तपुर, २३ फागुन । भक्तपुरमा बस र मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका-२मा बा७४व ५५३ नम्बरको मोटरसाइकलको ठक्करबाट सडकमा लडेको प्रदेश ३-०२-००२ प६२ नम्बरको मोटरसाइकललाई बा२ख ४८६८ नम्बरको बसले ठक्कर दिंदा चालक २४ वर्षीय सन्तोष राईको मृत्यु भएको हो । मध्य ठिमी नगरपालिका-९ बोडेमा बस्ने राईलाई उपचारका लागि नागरिक अस्पताल पुर्‍याउदा…