कात्तिक ६, अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाबाट १४ जना जुवाडे पक्राउ परेका छन । जयगढको रोडबजार को कोल्ड स्टोरमा जुवातास खेलिरहेका राजनीतिक दलका नेता, शिक्षकदेखि गाउँका अगुवासम्म पक्राउ परेका हुन् । उनिहरुबाट ६० हजार चारसय ४० नगद रुपैयाँ, ६ प्याकेट तास, तीन थान कापीसमेत बरामद गरिएको प्रहरीलेजनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा…