कार्तिक १८, काठमाडौं । गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचनलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई गौचन हत्या प्रकरणमा संलग्नता देखिएकाले नियन्त्रणमा लिएको जनाएको छ । गौचनको हत्या समीरमानकै योजनामा भएको प्रहरीले दाबी गर्दै आएको छ ।