कात्तिक १५, काठमाडौँ । देशभरका ९ जिल्लाबाट सहभागि रहेका व्यवसायिक महिला पत्रकारलाई फोटो तथा भिडियो तालिम हिजो सम्पन्न भएको छ । मिडिया एड्भोकेसी ग्रुप तथा जर्मन संस्था एफइएसको संयुक्त रुपमा यहाँ आयोजना गरेको दुई दिने कार्यक्रम हिजो सम्पन्न भएको हो । मंमलबारदेखि शुरु भएको कार्यक्रममा देशभरका ९ जिल्लाबाट २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो…