भदौ २८, डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–२ छतिवनमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् भने घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ । दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे अठासीमोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । बस सडकबाट ६० मिटर तल…