काठमाडौँ, ७ पौष । भारत र श्रीलंकामा आउँदो माघ २५ गतेदेखि फागुन २४ गतेसम्म आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आजदेखि तयारी शुरू गर्दैछ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ । १० दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को प्रदर्शनका…