काठमाडौ २५ फागुन । माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो। यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन। शुक्रबार बिहान शीर्ष नेताको बैठक बसी महराको नाम अनुमोदन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल देखिएका…