सहयोग रोक्ने चेतावनीका बाबजुद अमेरिका विरुद्ध मतदान

संयुक्त राष्ट्रसङ्घ ७ पौष । राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरू विरुद्ध आर्थिक सहायता रोक्कागर्ने चेतावनी दिए पनि अमेरिकाको विरुद्धमा मतदान भएको छ । राष्ट्रसंघको महसभाका सदस्यहरूले बिहीवार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि गरेको मतदानमा अमेरिका विरुद्ध उभिएका छन् । अरब र मुस्लिम देशहरूको…