ताप्लेजुङ , २० कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओली वाम गठवन्धनका पक्षमा माहोल बनाउन पहिलो चरणमा निर्वाचन हुने पुर्वी नेपालको ताप्लेजुङ पुग्नुभएको छ । ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभाका लागि वाम गठवन्धनका साझा उम्मेद्वारमा रुपमा प्रतिस्पर्धामा उत्रिनुभएको छ । अध्यक्ष ओलीले सदरमुकाम फुङलिङमा वाम गठवन्धनले आयोजना गरेको चुनावी सभालाई संवोधन गर्नुभएको छ ।…