ललितपुर १७ कार्तीक । दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके । हात उठाएर प्रहरी हाकिमकै शैलीमा ‘स्यालुट’ फिर्ता गर्दै उच्च अधिकारीसँग हात मिलाए । निर्वाचन कार्यालयको मूल गेटबाट भित्र छिर्नेबित्तिकै उनलाई अन्य प्रहरीले पनि ‘स्यालुट’ ठोके…