धनवीर महतो महोत्तरी, ३० भदौ । स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन् । आगामी असोज २ गते हुने निर्वाचनका लागि नेकपा एमाले ले सम्सी गाउँपालिकाको प्रमुख पदमा मीनाक्षीकुमारी साह, संघीय समाजवादी फोरम नेपालले गौशाला नगरपालिकामा रामकुमारीदेवी महतो, बहुजन शक्ति पार्टीले गौशाला नगरपालिकाको प्रमुखको लागि फूलकुमारी सहनीलाई प्रमुख पदका लागि…