नुवाकोट, ९ भदौ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नुवाकोटले कार्य शुरु गरेको छ । एक वर्षअघि स्थापना भएर पनि निष्क्रिय रहेको केन्द्रलाई पछिल्लो समय विपत्का घटनामा भएको वृद्धिसँगै सूचना सम्प्रेषणमा देखिएको कठिनाइलाई अन्त्य गर्न बिहीबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोट परिसरस्थित जिल्ला दैवीप्रकोप उद्धार समितिको भवनबाट सञ्चालनमा आएको केन्द्रले जिल्लामा…