काठमाडौँ, २३ पौष । आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदेखि नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिँदै आएको छ । आज उक्त ट्रफीसँग फोटो खिच्नका लागि मानिसहरूको भीड लागेको थियो । ट्रफी टुरअन्तर्गत ट्रफीलाई नेपाल ल्याइएको हो । विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८…