बुटवल, २१ असार । रुपन्देहीको सियारी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । मङ्गलबार राति सम्पन्न मतगणनापश्चात् घोषित परिणामअनुसार एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा विजयी भएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरेका छन…