काठमाडौँ, १३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुमा अनुरोध गर्नुभएको छ । राष्ट्रपतिले आज दिनुभएको सन्देशमा देश सङ्घीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गत सबै निर्वाचन सम्पन्न हुनुपर्ने…