विराटनगर, ४ असार । नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ । ती दुई पार्टीले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उपप्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ । सोअनुसार विराटनगर महानगरको प्रमुख पदमा…