बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ, १४ चैत । अर्घाखाँचीको भुवनपाटामा हिजो बेलुकी भएको बस दुर्घटनामा ४ जनाको ज्यान गएको छ । २७ जना  घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शितगंगा नगरपालिका २ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको…