काठमाडौँ, ४ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन…