७ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ

काठमाडौँ, २६ मंसिर । कैलालीमा मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले मलद्वारमा सात ग्राम दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोइन लुकाएर ल्याउने लम्कीचुहा नगरपालिका-१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ गरेको हो । उनलाई टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले चेकजाँच…