१४ जना जुवाडे पक्राउ

काठमाडौँ, १५ पौष । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित सल्लाघारीबाट १४ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–७ घर भएका ४१ वर्षीय गोपाल बहादुर बलको डेरामा जुवा खेल्दै गरेकाहरु पक्राउ परेका हुन् ।  जुवा खालबाट १ लाख ५३ हजार नगद बरामद गरिएको छ । सोमबार साँझ पक्राउ पर्नेमा जुवाखाल सञ्चालन गर्ने गोपाल बहादुर बल,…