जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ, २९ मंसिर । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा दम्पतीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको…