सिनामंगलको एक होटलमा युवक-युवती मृत फेला

काठमाडौँ, ९ मंसिर । सिनामंगलको एक होटलमा युवक–युवती मृत भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार युवक-युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा पुगेको हो । झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा भर्खर पुगकाले थप विवरण आउन बाँकी रहेको छ ।