काठमाडौँ, १६ कार्तिक । गुल्मीको इस्मा गाउँपालिका–१ भाराह खोलास्थित सिमलटारी–तम्घास सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार राति झरनाबाट तम्घासतर्फ आउँदै गरेको लु५६प ८४२६ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका रेसुङ्गा नगरपालिका–२ का २६ वर्षीय सरोज बस्नेतको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा…