डोटी, २ मंसिर । जिल्लाको शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिबार साँझ डडेल्धुरा बाट दिपायल तर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई…