हुम्लाका किसान आकाशे पानी कुर्दै

सिमकोट, २४ मंसिर । हिमाली जिल्ला हुम्लामा कात्तिक महिनाको पहिलो सातादेखि वर्षा नहुँदा किसान चिन्तित छन् ।  कार्तिक महिनाको अन्तिम र मङ्सिर महिनाको पहिलो हप्तादेखि खेतबारीमा गहुँ, जौ र उवा छर्किएपछि वर्षा नहुँदा उम्रिन नपाएको किसानको भनाइ छ ।  उम्रिएका बोट लामो समयसम्म वर्षा नभएपछि खेतमै सुक्ने चिन्ताले सताएको किसानको गुनासो छ । विगतमा यतिबेला…