काठमाडौँ विश्वकै प्रदूषित सहरको १० औँ स्थानमा

काठमाडौँ, २२ मंसिर । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँ विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा अटाएको हो । १० औँ स्थानमा रहेको काठमाडौँको एक्यूआई सूचकाङ्क १७८ रहेको छ । यहाँ पीएम२.५ को अवस्था ९४.५ रहेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले…