काठमाडौँ, ११ पौष । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने अन्दाजी २१ वर्षीय सागर खड्का रहेका छन । बालाजुदेखि वाइपासतर्फ गइरहेको बा प्र ०१–००६ख ३४५४ नम्बरको टिपर र विपरीत दिशाबाट…