काठमाडौँ, ९ पौष । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ जुकेपानीमा ट्याक्टर दुर्घटना भएको छ । जुकेपानी–नयाँपोखरा जोड्ने मोटर बाटो मर्मत सामग्री बोकेको लु ४ त ८३६ नम्बरको ट्याक्टर बुधबार बिहान अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो । दुर्घटनामा ट्याक्टरमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर…