भक्तपुर, ७ पौष । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा जिल्ला भित्रका सम्पूर्ण कार्यालय प्रमुखहरुलाई योग ध्यान साधना गराईएको छ । विश्व ध्यान दिवस डिसेम्बर २१ को अवसर पार्दै सोहि दिन जिल्ला प्रशासन कार्यालय परिसरमा सो कार्यक्रम गरिएको हो । राष्टिय योग ध्यान आरोग्य सन्जाल नेपालका महासचिव नबराज काफ्लेले सम्पूर्ण कर्मचारीहरुलाई ध्यान साधना गराउनु भएको थियो…