कर्णाली राजमार्ग फेरि बन्द

काठमाडौँ, २३ भदौ । कर्णाली राजमार्ग फेरि बन्द भएको छ । पानी परेपछि हिजो बेलुका कर्णाली राजमार्गको शुभकालीका–१ एसमोडमा ढुङ्गासहितको माटोले राजमार्ग अवरुद्ध छ । त्यस्तै गगनेखोलामा सडक भत्केको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सडक पूर्णरूपमा अवरुद्ध छ । बन्द सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।