काठमाडौँ, १६ मंसिर । स्याङ्जास्थित वालिङ नगरपालिकाले सडक खाना महोत्सव गरेको दिनमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वालिङ नगरपालिकाले यही मंसिरको १९ गते शुक्रबार प्रथम सडक खाना महोत्सव गर्न लागेको छ । सडक खाना महोत्सवलाई भव्य रुपमा मनाउनका लागि पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले विज्ञप्तिमार्फत जानकारी गराएका…