मुस्ताङको थासाङमा फेरि हिउँपहिरो

काठमाडौँ, १२ भदौ । धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट आज साँझ फेरि हिउँपहिरो खसेको छ ।  मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ  ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्षसमेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सिखोला पूर्णरूपमा थुनिएको बताए ।  उनका अनुसार यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो…