काठमाडौँ, २९ असोज । काठमाडौँको नयाँ बानेश्वर स्थित मीनभवनमा गएराति स्कार्पियो र मोटरसाइकल ठोक्किएका छन् । गएराति भएको दुर्घटनामा बा.८१ प ४०१० नम्बरको मोटरसाइकल बानेश्वरबाट अगाडि बढेर सिभिल अस्पतालतर्फ मोड्दै गरेको बिएबी ०३६५ नम्बरको स्कार्पियोसँग सोही दिशाबाट आएको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा चालक गोरखा सिरानचोक घर भएका २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको उपत्यका…