भरुवा बन्दुकसहित एक युवक पक्राउ

काठमाडौँ, १३ कार्तिक । पाँचथरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।  प्रहरीका अनुसार फिदिम नगरपालिका–१३ फेजुम बस्ने २८ वर्षीय कृष्ण नेम्वाङलाई एक थान भरुवा बन्दुकसहित बुधवार राति पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी रानीटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएका छन्…