काठमाडौँ, २८ कार्तिक । काठमाडौँमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शंखरापुर नगरपालिका–१ छापभञ्ज्याङ ढकालगाउँस्थित सडकमा प्रदेश–३ ०२–१० प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ घर भएका ३५ वर्षीय एकबहादुर तामाङको बिहीबार साँझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल…