काठमाडौँ, २९ असोज । आज २०८२ साल असोज २९ गते बुधबारको राशिफल । मेष : दिन सामान्य छ। करोबार गर्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम छ। परिवारको सल्लाह लिएर गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। वृष : दिन राम्रो छ। परिवारसँगको सहकार्यले फाइदा हुनेछ। साथीले साथ दिनेछन्। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ।…