काठमाडौँ, १६ भदौ । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । गएराति सुतेको बेला १२ बजे गोमन सर्पले टोकेर सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदाको मृत्यु भएको हो । सर्पले डसेपछि उपचारामा नलगी झाँक्रीमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो ।…