आजको मौसम

काठमाडौँ, १५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।…