चाइनिज पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ, २७ भदौ । जेनजी प्रदर्शनको क्रममा प्रहरीसँग लुटेको चाइनिज पेस्तोलसहित एक जनालाई सेनाले नियन्त्रणमा लिएको छ । सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–४ घर भएका आरोपीलाई पक्राउ गरेको हो । उनको साथबाट ९ एमएमको चाइनिज पेस्तोल बरामद गरिएको हो । सेनाले अहिलेसम्म २६८ थान हतियार बरामद गरेको छ ।