मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धको मृत्यु

काठमाडौँ, २६ भदौ । झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेची राजमार्ग अन्तर्गत बुधबार राति भएको सवारी दुर्घटनामा भद्रपुर नगरपालिका–६ भानुचोकका ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो । बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्गमा भएको दुर्घटनामा प्र.३.०२.००७ प ६०९० नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको हो…