राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । बिहीबार साँझ ७ बजेतिर राष्ट्रपति र सभामुखबीच शीतलनिवासमा भेट भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । भेटमा सभामुख घिमिरेले संसद् बस्नुपर्ने र बोलाउनुपर्ने धारणा राखेका थिए । साथै, पछिल्लो परिस्थितिको निकासबारे पनि राष्ट्रपतिलाई सोधेका थिए ।