काठमाडौँ, २५ भदौ । नेपाली सेना आज बिहानैदेखि सडकमा उत्रिएको छ । जेनजीको प्रदर्शन तोडफोड, आगजनी र व्यक्ति आक्रमणमा परिणत भएपछि नेपाली सेना बिहानैदेखि काठमाडौँका सडकमा उत्रिएको हो । प्रधानसेनापति अशोकराज सिक्देलले मंगलबार साँझ सम्बोधन गर्दै राति १० बजेबाट नेपाली सेनासहित सुरक्षा निकायले सुरक्षाको जिम्मेवारी लिएको बताएका छन् । सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिरहेको…