काठमाडौँ, ७ भदौ । प्रतिनिधिसभामा भदौ १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमबारे जानकारी गराएका हुन् । प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनेछन् । सभामुख घिमिरेका अनुसार यस पटक समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउनेछन् । प्रश्न सोध्न…