काठमाडौँ, २८ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय तहका नेताहरुरूलाई लेबी बुझाउन ताकेता गरेको छ । बुधबार पार्टीका आर्थिक विभाग प्रमुख विजय यादवले पत्र काटी लेबी बुझाउन ताकेता गरेका हुन् । पत्रमा पार्टीका केन्द्रीय समिति सदस्य, केन्द्रीय राजनीतिक समिति सदस्य र केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई बाँकी रहेको लेबी असार मसान्तसम्ममा बुझाउन भनिएको छ…