नेताकै आशंकाको घेरामा समाजवादी मोर्चा

काठमाडौँ, ५ असार । चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने, ‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्।’ घोषणासभामा नेता खनालले मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै सबै वामपन्थी, समाजवादी र क्रान्तिकारीहरूलाई ल्याउनुपर्ने धारणा राखे। उनले यहाँ समेटिएकाले लक्ष्यमा नपुगिने हो…