नेपालसामु  क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर  छ : कुलमान घिसिङ

काठमाडौँ, ११ भदौ । नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु  क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर आएको तर त्यसकालागि सही नीति र नेतृत्व हुनु पर्ने बताएका छन् । हाल बेलायतको भ्रमणमा रहेका घिसिङले दक्षिण पूर्वी लन्डनमा आयोजित  'नेपालको ऊर्जा क्षेत्रका चुनौती र सम्भावना' विषयक एक नीतिगत छलफलमा भाग लिँदै करिब एक दशक अघि…